५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

४ हजार ८ सय ७ मा परीक्षण गर्दा १३ लाई कोरोना



काठमाडौं ।

नेपालमा पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार बुधबार १३ जनामा संक्रमण पुष्टि भएको हो।
मिश्राका अनुसार ४ हजार ८०७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

३ हजार ३५८ जनाको पिसिआर गर्दा १० र १ हजार ४४९ जनाको एन्टिजेन परीक्षण ३ जनामा संक्रमण पुष्टि भएको हो।
अहिले देशभर ७ हजार ६५ जना सक्रिय संक्रमित छन्।

५७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

प्रकाशित मिति : २३ चैत्र २०७८ बुधबार ००:००  ४ : ४७ बजे