७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

नेपाल बारको अध्यक्षमा घिमिरेको अग्रता



काठमाडौं ।

नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरेले अग्रता लिएका छन्।

उनी बारको २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह तर्फबाट अध्यक्षका उम्मेदवार हुन्।

बिहीबार बिहानसम्म २५ केन्द्रको तीन हजार दुई सय तीन मत गणना गर्दा घिमिरेका पक्षमा एक हजार नौ सय ९० मत प्राप्त भएको छ।

उनका प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार चार मत प्राप्त गरेका छन्।

नेपाल बार एसोसिएसन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार हालसम्म २५ केन्द्रको मतगणना सम्पन्न भएको छ। छ स्थानमा गणना भएको थियो।

आजदेखि थप दुई स्थान बढाएर आठ स्थानमा मतगणना गर्ने तयारी छ। हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता रहेको छ।

प्रकाशित मिति : २४ चैत्र २०७८ बिहिबार ००:००  ७ : ३९ बजे