२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

थप १२ जना सङ्क्रमित, ४४ सङ्क्रमण मुक्त



काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २५ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, १६ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । साथै पछिल्लो २४ घण्टामा थप ४४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

२४ घण्टामा मृत्यु शून्य छ भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ जना रहेका छन् । २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८ शनिबार ००:००  ४ : ३९ बजे