५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

त्रिभुवन विमानस्थल हुँदै जापान जान लागेकी महिला गोलीसहित पक्राउ



काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला गोलीसहित पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा भानु नगरपालिका ७ तनहुँकी २७ वर्षीया सोविता नेपाली छिन्। उनलाई आइतबार राति प्रहरीले अन्तर्राष्ट्रिय उडानको प्रस्थान कक्षबाट पक्राउ गरेको हो। नेपाल एयरलाइन्सको उडानद्वारा क्वालालाम्पुर हुँदै उनी जापान जान लागेकी थिइन्।

उनले बोकेको लेडिज हाते ब्यागबाट एक थान गोली बरामद भएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
पक्राउ परेकी महिलालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।

प्रकाशित मिति : २८ चैत्र २०७८ सोमबार ००:००  २ : ०२ बजे