५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

धौलागिरि हिमालमा एक जना आरोहीको मृत्यु



काठमाण्डौ ।

धौलागिरि हिमाल आरोहण गरेर फर्कने क्रममा एक ग्रिसेली पर्वतारोहीको ज्यान गएको छ । हिजो सोमवार बिहान धौलागिरि हिमालको सफल आरोहण गरेर फर्कने क्रममा सात हजार चार सय मिटरको उचाइमा ग्रीसका आरोही एन्टोनिस स्यकारिसको ज्यान गएको आरोहणको व्यवस्थापन गरेको सेभेन समिटका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले जानकारी दिनुभयो । ६० वर्षका पर्वतारोही एन्टोनिस पर्वतारोहणसँगै खेलकुदमा समेत सक्रिय रहनुभएको शेर्पाको भनाइ छ ।
एन्टोनिसले सगरमाथासहित आठ हजार मिटरभन्दा माथिका कञ्चनजङ्घा‚ मनास्लु, ल्होत्से र अन्नपूर्ण गरी पाँच वटा हिमाल आरोहण गरिसक्नुभएको छ । अहिलेसम्म ६३ वटा हिमालको आरोहण गरिसक्नुभएका एन्टोनिस प्रख्यात आरोहीको रुपमा चिनिनुहुन्थ्यो ।

प्रकाशित मिति : २९ चैत्र २०७८ मंगलबार ००:००  २ : ५१ बजे