६ जेष्ठ २०७९, शुक्रबार | Sat May 21 2022

थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाण्डौ ।

पछिल्लो २४ घन्टामा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरी तीन हजार ६ सय ५१ जनाको नमुना परीक्षण गर्दा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, थप २५ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा दुई सय ८२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् ।

यसैबीच पछिल्लो २४ घन्टामा एक लाख २९ हजार ८३ जनाले कोरोनाविरुद्धको खाप लगाएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९ शुक्रबार ००:००  ५ : ५६ बजे