५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

राखेपका पूर्वउपाध्यक्ष तिमल्सिना नेकपा समाजवादीमा प्रवेश



काठमाडौँ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्वउपाध्यक्ष पिताम्बर तिमल्सिनाले नेकपा एमाले परित्याग गरेका छन्।

उनी एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।

लामो समयदेखि अमेरिकामा बस्दै आएका तिमल्सिनालाई पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरे।

पिताम्बरसँगै उनकी बहिनी कल्पना तिमल्सिना पनि नेकपा समाजवादीमा प्रवेश गरेकी छन्।

प्रकाशित मिति : १० बैशाख २०७९ शनिबार ००:००  १० : १८ बजे