४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

राप्रपालाई हराउन झापामा कांग्रेस र एमालेबीच गठबन्धन



झापा ।
झापाको कचनकवल गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ।

गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्ष एमाले लड्नेगरी गठबन्धन गरिएको हो।

अध्यक्षमा कांग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उम्मेदवार बन्ने छन्।

२०७४ को निर्वाचनमा मेयर र उपमेयर नै राष्ट्रिय प्रजातान्त्र पार्टीले जितेको थियो।

प्रकाशित मिति : १० बैशाख २०७९ शनिबार ००:००  १ : २० बजे