४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

हिमालय एयरलाइन्सको शौचालय प्रयोग गरेर सुन तस्करी, ५ जना पक्राउ



काठमाण्डौ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको शौचालय प्रयोग गरेर सुन तस्करी हुने गरेको थाहा भएको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सफाइ कर्मचारीले हिमालय एयरलाइन्सको शौचालयबाट निकालेर ल्याउँदै गरेको सुन बरामद गरेको छ ।

सफाइ कर्मचारीको साथबाट २ किलो ३३२ ग्राम सुन बरामद गरिएको विमानस्थलका एसएसपी भीम प्रसाद ढकालले बताए । ढकालका अनुसार सुन तस्करीमा संलग्न ५ जना पक्राउ परेका छन् । बिहीबार पाँचथर घर भएका मीनकुमार माबो, नुवाकोट घर भएका सुमन तामाङले दुबईबाट सुन ल्याएका थिए ।

सो सुन उनीहरूले हिमालय एयरलाइन्सको शौचालयमा छाडेर हिँडे । सफाइ कर्मचारीले सुन निकालेर कर्मचारी निस्कने गेटतर्फबाट निस्कँदै गर्दा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका २८ वर्षीय राजेश राई, दोलखा गौरीशङ्कर घर भएका ४१ वर्षीय ट्याक्सी चालक हेम बहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिका सुपरभाइजर सप्तरी घर भएका ताराकान्त चौधरी छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९ शुक्रबार ००:००  १ : ०२ बजे