६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

प्राधिकरण र हवाई कम्पनीबीचको विवाद समाधान गर्न उपसमिति गठन



काठमाण्डौ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघ बीचको विवाद समाधानका लागि ९ सदस्यीय उप समिति गठन भएको छ । सोही समितिको प्रतिवेदनका आधारमा अघि बढ्ने सहमति भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।

आन्तरिक हवाई उडानको सम्बन्धमा आन्दोलित बनेको वायु सेवा सञ्चालक संघ र प्राधिकरणका प्रतिनिधिबीच वार्तामा भएको थियो । प्राधिकरणले पाँच वटा हवाई कम्पनी र वायु सेवा सञ्चालक संघका प्रतिनिधिसँग वार्ता गरेको संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।

आन्तरिक उडानलाई अब दैनिक १८ घण्टा सञ्चालन गर्नेगरि प्राधिकरणले वैशाख १४ गते हवाई कम्पनीहरुलाई नयाँ सेड्युलसहितको स्लट पठाएसँगै कम्पनीहरु आन्दोलित भएका थिए । बिहीबार नै विज्ञप्तिमार्फत संघले माग पुरा नभए आन्तरिक उडान बन्द गर्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७९ शुक्रबार ००:००  २ : ४९ बजे