९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट : १० जनाको ज्यान गयो



काठमाण्डौ ।

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ ।

काबुलको सुन्नी मस्जिदमा हिजो बेलुका भएको विस्फोट हुँदा १० जनाको ज्यान गएको छ ।१५ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तालिबानले सत्ता कब्जा गरेपछि केही शान्त बनेको अफगानिस्तानमा पछिल्लो समय बम विस्फोटका घटना बढ्न थालेका छन् । गएको शुक्रवार पनि विभिन्न ठाउँमा बम आक्रमण भएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  ७ : ३७ बजे