२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

एकै पटक तीन वायु प्रणालीको प्रभाव : आज पनि पहाडी भेगमा वर्षाको सम्भावना



काठमाण्डौ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ।

देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू(भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।

पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेश केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित क्षणिकरहल्का वर्षाको सम्भावना छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू(भागका केही स्थानहरुमा तथा कर्णाली र मधेशका एक( दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि आइतबार दिउँसो देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

प्रदेश १, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी प्रदेशको पहाडी भू(भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।

भोलि राति प्रदेश १, बागमती, गण्डकीलगायत बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदलीदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ भने पहाडी भू(भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  ८ : १६ बजे