२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

चट्याङ्ग लागेर एक जनाको ज्यान गयो, चार जना घाइते



काठमाण्डौ ।

अछाममा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।

गएराति हावाहुरी र पानीसँगै परेको चट्याङ्ग लागेर अछामको पञ्चदेवल निवायक नगरपालिका वडा नम्बर ७ को पुल्लेतोला काटियाँका १२ वर्षीय सुरत कामीको ज्यान गएको हो ।

जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दिपेश रिजालका अनुसार घाइतेहरुमा ६० वर्षका रने कामी, ५५ वर्षका मना कामी, ५० वर्षकी जयसरा कामी र ७० वर्षका वृकिसे रावल हुन् ।

घाइते सबैको अवस्था सामान्य रहेको रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  ११ : ५१ बजे