१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

७६ जिल्लाको मतपत्र छपाइको काम सकियो : निर्वाचन आयोग



काठमाण्डौ ।

निर्वाचन आयोगले पालिका चुनावका लागि ७६ जिल्लाको मतपत्र छपाइको काम सकेको छ । अब ६ वटा महानगर काठमाण्डौ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्जसहित भक्तपुर जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी छ ।
जनक शिक्षा सामग्री केन्द्रले ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ सकेको निर्वाचन आयोगले जनाएको छ ।

मतपत्र ढुवानीको काम धमाधम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
काठमाण्डौबाट लामो दूरीमा मतपत्र पुगिसकेको छ । मनाङ र मुस्ताङमा हेलिकप्टरबाट ढुवानी गरिएको छ । बाँकी अरु ठाउँमा पनि पुर्याउने काम भइरहेको छ । आयोगले गएको १३ गतेदेखि मतपत्र ढुवानी सुरु गरेको थियो । पालिका चुनाव आउन अब १३ दिन मात्रै बाँकी छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  १ : ४६ बजे