२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

नवलपुरमा वडाअध्यक्षका उम्मेदवारको घरमा आगजनी



नवलपरासी ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले नवलपुर जिल्लाको कावासोतीमा वडाअध्यक्षको घरमा भएको आगजनीको निन्दा गरेको छ । सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले शनिबार एक विज्ञप्ति जारी गरी घटनाको निन्दा एवम् भर्त्सना गरेका हुन् ।

प्रवक्ता श्रेष्ठले घटनाको तत्काल सत्य, तथ्य छानविन गरी दोषी पत्ता लगाउन, दोषीलाई कारबाही गर्न साथै भयरहित वातावरणमा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

केही दिनअघि जिल्लाको कावासोती नगरपालिका १६ का वडा अध्यक्षका उम्मेदवार सुमन भट्टको घरमा अज्ञात समूहले आगजनी गरेको थियो । भट्टको घरसँगै राप्रपाको वडा कार्यालयमा पनि आगजनी भएको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  २ : १४ बजे