२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

बेपत्ता आयोगमा लुम्बिनी प्रदेशका ७ सय ७४ उजुरी



रुपन्देही ।

बेपत्ता आयोगमा लुम्बिनी प्रदेशका ७ सय ७४ उजुरी दर्ता भएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा परेको उजुरीहरुमध्ये ७ सय ७४ वटा उजुरी लुम्बिनी प्रदेशबाट दर्ता भएको हो । आयोगमा अहिले कुल ३ हजार २ सय ८८ उजुरी परेका छन् । जसमध्ये २ हजार ४ सय ८८ उजुरीलाई विस्तृत अनुसन्धानबाट अघि बढाइएको आयोगका प्रवक्ता डा गंगाधर अधिकारी जानकारी दिए ।

लुम्बिनी प्रदेशमा आयोगले बेपत्ता पारिएका व्यक्तिका परिवार र आफन्तलाई १ हजारभन्दा बढी परिचयपत्र वितरण गरिएको अधिकारीले बताए । उनका अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढि उजुरी बर्दिया जिल्लाबाट परेका छन् । शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष युवराज सुवेदीले अबको करिब डेढ वर्षमा आयोगका सबै काम पूरा गर्न सकिने भन्दै यसमा सरकार प्रतिबद्ध हुनुपर्ने बताए ।

पुस मसान्तसम्म आएका सबै उजुरी लिएपछि वेपत्ता परिवारलाई परिचयपत्र दिने क्रम जारी रहेको उनले बताए । उनले भने, ‘पीडित र पीडकको सहि पहिचान गरेर न्याय दिने काम हुन्छ ।’

अध्यक्ष सुवेदीले पीडितहरुका लागि तत्कालीन र दीर्घकालिन कार्यक्रमहरु सञ्चालन गर्न लागिएको बताए । उनले निशुल्क शिक्षा तथा स्वास्थ्योपचार, सहुलियतपूर्ण ब्याजमा ऋण सुविधा दिने लगायतका कार्यक्रम कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  २ : २३ बजे