२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

बाघको आक्रमणबाट निकुञ्जमा कार्यरत कर्मचारीको मृत्यु



चितवन ।

बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । शुक्रबार साँझ करिब साढे ५ बजेको समयमा बारा जिल्ला कोल्बी नगरपालिका–१ घर भएका करिब २३ वर्षीय माहुते रमेश चौधरी थारूलाई बाघले आक्रमण गरेको हो ।

हात्तीसार केन्द्रमै आएर बाघले आक्रमण गरेपछि चौधरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । शरीरको घाँटी लगायतका भागमा चोट लागेको अवस्थामा प्रहरीले मृतकको शव फेला पारेको हो ।

शवको जाँच मुचुल्का लगायतको कार्य सम्पन्न गरि पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ । छोराको मृत्युको विषयमा बुबाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको र थप अनुसन्धान गर्ने काम भइरहेको अधिकारीले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  २ : ३२ बजे