१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्युठानको झिमरुक र गुल्मीको धुर्कोटमा एमाले र माओवादीको तालमेल



काठमाण्डौ ।

प्युठानको झिमरुक गाउँपालिका र गुल्मीको धुर्कोटमा नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् । देशका धेरै ठाउँमा सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा चलिरहे पनि प्युठानको झिमरुक र गुल्मीको धुर्कोटमा दुई पार्टीले तालमेल गरेका हुन् । दुवै पालिकामा माओवादी केन्द्रले अध्यक्ष र एमालेले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

प्युठानको झिमरुकको अध्यक्षमा माओवादी केन्द्रका पीतबहादुर महतरा र उपाध्यक्षमा एमालेकी विष्णा जीएमले उम्मेदवारी दिनुभएको छ । गुल्मीको धुर्कोटको अध्यक्षमा माओवादीका भुपाल पोख्रेल र उपाध्यक्षमा एमालेकी सीता गिरीले उम्मेदवारी दिनुभएको छ । धुर्कोटमा एमालेका अध्यक्षका उम्मेदवार गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

धुर्कोटमा कांग्रेस र एकीकृत समाजवादीले पनि तालमेल गरेका छन् । अध्यक्षमा कांग्रेसका महेन्द्र भण्डारी र उपाधयक्षमा एकीकृत समाजवादीकी कमला सुनारले उम्मेदवारी दिनुभएको छ ।
प्युठानको झिमरुकमा सुरुमा पाँच दलबीच नै तालमेल गर्ने सहमति भएपनि बीचमा सहमति तोडिएर माओवादी र कांग्रेसले मात्रै सहकार्य गर्ने निर्णय गरेका थिए । तर राष्ट्रिय जनमोर्चाले आपत्ती जनाएपछि लुम्बिनी प्रदेशको स्थानीय तह निर्वाचन, पाँच दलीय गठबन्धनले उदी जारी गरेर जसरी पनि चुनावमा तालमेल गर्न निर्देशन दिएको थियो । तर निर्देशन उल्लंघन गर्दै जनमोर्चा र कांग्रेसको तालमेल भयो भने माओवादी एक्लै चुनावमा गयो । उम्मेदवारी दर्ता भइसकेपछि भने एमाले र माओवादीले तालमले गरेका छन् । झिमरुकमा माओवादीले तीन वटा र एमालेले पाँच वटा वडामा समेत भागवण्डा गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  ३ : ५३ बजे