५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

टी-ट्वान्टी क्रिकेट नेपाल र जिम्बावे ए भिड्दै



काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइतबार पाहुना टोली जिम्बावे ए विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपालले पहिलो टी ट्वान्टी अन्तर्गत आज जिम्बावे ए विरुद्ध खेल्न लागेको हो ।टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ए बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ए सँग सिरिज खेल्न लागेको हो ।आज नेपाल जिम्बावेलाई हराउँदै सिरिजका सुखद सुरुआत गर्ने योजनामा रहेको छ । तर, टेस्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन ।

जिम्बावे ए पनि नेपाललाई हराएर सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ ।नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुबै खेलमा नेपाल पराजित भएको थियो ।

नेपालले घरेलु मैदानमा जिम्बावे ए सँग तीन खेलको एकदिवसीय सिरिजपछि तीन खेलको टी(ट्वान्टी सिरिज खेल्नेछ ।

सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्नेछ ।

टी(ट्वान्टीपछि नेपालले एकदिवसीय सिरिज खेल्नेछ ।

प्रकाशित मिति : १८ बैशाख २०७९ आइतबार ००:००  ६ : १४ बजे