७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

नेपाली कांग्रेसले सातै प्रदेशमा आमसभा गर्दै, कहाँ कहिले ?



काठमाडौं ।

नेपाली कांग्रेसले सातै प्रदेशमा खुला सभा गर्ने भएको छ।

स्थानीय चुनाव केन्द्रित सभाहरू वैशाख २१ गतेदेखि सुरू भई वैशाख २७ मा सकिनेछ।

उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको केन्द्रीय चुनाव परिचालन समितिले सभा आयोजना गरेको हो।

जिल्ला कार्यसमितिहरूको संयोजनमा सभाहरू हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

पौडेलका अनुसार काठमाडौंमा कांग्रेसले वैशाख २३ मा सभा गर्नेछ।यस्तै उपसभापति धनराज गुरूङको नेतृत्वमा कांग्रेसले देशव्यापी कार्यक्रम समन्वय उपसमिति गठन गरेको छ।

उपसमितिले देशभरका पालिका एवं विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन एवं परिचालन गर्ने पार्टी कार्यालयले जनाएको छ।

आमसभा हुने स्थान र मिति

मोरङ — २०७९ वैशाख २१ गते

धनुषा — २०७९ वैशाख २२ गते

काठमाडौं — २०७९ वैशाख २३ गते

कास्की — २०७९ वैशाख २४ गते

रुपन्देही — २०७९ वैशाख २५ गते

सुर्खेत — २०७९ वैशाख २६ गते

कैलाली — २०७९ वैशाख २७ गते

प्रकाशित मिति : १८ बैशाख २०७९ आइतबार ००:००  ७ : ३९ बजे