४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

देवदहमा एमालेको प्रचारसामग्रीसँगै सवारीमाथि तोडफोड



बुटवल ।

रुपन्देहीको देवदहमा नेकपा एमालेको चुनाव प्रचार सामग्री तथा सवारीमाथि गएराती तोडफोड भएको छ । देवदह–१० चरङ्गेमा नेपाली काँग्रेसका कार्यकर्ताद्वारा प्रचार सामग्री तथा सवारीमा तोडफोड भएको एमालेको आरोप छ ।

शनिबार राती करिब १२÷१ बजेको समयमा सडक लाइट तोडफोड गर्नुका साथै स्थानीयले घरअगाडी पार्किङ गरेका राखेका अटो रिक्सामा धारिलो हतियार प्रहार गरिएको छ । स्थानीय बुद्धिमाया गोलेको घरमा पार्किङ गरेर राखिएको ना २ ह ६७२ नम्बरको अटो रिक्सा र उक्त रिक्सामा टाँसिएको नेकपा एमालेको प्रचार सामग्रीमा धारिलो हतियार प्रहार गरिएको छ । यसैगरी सोही ठाउँका स्थानीय सोमबहादुर खड्काको लु १ ह २५५६ नम्बरको अटो रिक्सामा समेत आक्रमण भएको पीडिहरुले बताएका छन् ।

योजनाबद्ध रुपमा मध्यरातमा आक्रमण गरिएको भन्दै नेकपा एमाले देवदह नगरकमिटीले घटनाप्रति आपत्ति जनाएको छ । स्थानीय तथा पीडित बुद्धिमायाका अनुसार शनिबार मध्य रातसम्म स्थानीय एक काँग्रेस नेताको घरमा भोज(भतेरसहित चर्को स्वरमा नाचगानको कार्यक्रम समेत भएको थियो । उक्त कार्यक्रम लगत्तै सडकमा राखिएको लाइटमा तोडफोड गरी स्थानीयले घरमा पार्किङ गरेर राखेका अटो रिक्सामा धारिलो हतियारले आक्रमण भएको थियो ।

नेकपा एमालेको तर्फबाट देवदह १० को वडा अध्यक्ष उम्मेदवार मनकुमार कनौजे मगरका अनुसार विपक्षी दलहरुले हारको मानसिकताले आक्रमण भएको हो । घटनापछि आइतबार विहान सञ्चारकर्मीहरुसँग बोल्दै उनले गृहमन्त्री बालकृष्ण खाँणकै गृह जिल्लामा मतदाता तथा आम नागरिकहरुले सुरक्षाको प्रत्याभूत गर्न नपाउनु दुःखद भएको गुनासो गरे ।

प्रकाशित मिति : १८ बैशाख २०७९ आइतबार ००:००  ११ : ४१ बजे