६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

रुपन्देहीमा ७ नाल भरुवा बन्दुकसहित ४ जना पक्राउ



बुटवल ।

रुपन्देहीको देवदहबाट अवैध हातहतियारसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो देवदह(६ , पाल्पाली सामुदायिक वनभित्र अवैध हतियारसहित उनीहरु पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार चोरी शिकारीमा निस्केका उनीहरुको साथबाट ७ नाल भरुवा बन्दुक, बारुद ३२७ ग्राम, सिसाको छर्रा १२९ थान, केप ७५ थान र पेचकस २ थान पक्राउ गरिएको छ । यसैगरी फलामको चक्कु २ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो हतियारसहित पक्राउ पर्नेहरुमा रुपन्देहीको देवदह नगरपालिका ६ सटाकखोला बस्ने ३६ वर्षीय गणेश राना, सोही ठाउँका ४६ वर्षीय कृष्ण बहादुर कामी, ३६ वर्षीय चेत बहादुर दर्लामी र ५० वर्षीय सुन बहादुर आले रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९ आइतबार ००:००  १ : १५ बजे