६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

तिलोत्तमालाई करमुक्त नगर बनाउने एकीकृत समाजवादीको घोषणा



बुटवल ।

नेकपा एकीकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई करमुक्त बनाउने योजना अघि सारेको छ । स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गर्दै फजुल खर्च कटौती गरी नगरपालिकाले लिने कुनै पनि कर नलिने ९ट्याक्स फ्री० बनाउने योजना सार्वजनिक गरेको हो ।

एकीकृत समाजवादीले तिलोत्तमा नगरपालिकामा मेयरमा आशाकुमारी चौधरी र उपमेयरमा इञ्जिनियर सञ्जीव भण्डारीलाई उम्मेदवार बनाएको छ । पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै कार्यपालिकाको बैठक रेडियो, टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने एकीकृत समाजवादीको प्रतिवद्धता छ ।

नगरप्रमुख र उपप्रमुखले हाल सुविधा लिदै आएको गाडी, नेपाल प्रहरी र एम्बुलेन्स सञ्चालनका लागि प्रयोग गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । नगरपालिकाका पदाधिकारीले आफ्नै निजी साधन प्रयोग गर्ने एकीकृत समाजवादीका उम्मेदवारहरुको प्रतिबद्धता छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९ आइतबार ००:००  २ : ३१ बजे