२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

राष्ट्रिय युवा संघ नेपाल निर्वाचन परिचालन कमिटि बाणगंगा गठन



कपिलवस्तु ।
नेकपा (एमाले) को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले निर्वाचन परिचालन कमिटि बाणगंगा गठन गरेको छ । यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा एमालेलाई जिताउनका लागि कमल क्षेत्रीको संयोजकत्वमा २ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको हो ।
जसको सह संयोजकमा सुवास पाण्डे, दिपक जिसी, रमेश केसी, योगेश क्षेत्री, नवीन राना, कमल घिमिरे, तिलक गिरी, टंक पाण्डे, होम बहादुर मस्र्याई, शंकर कार्की लगायत अन्य सदस्यमा रहनुभएको छ ।
स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेद्वारलाई अत्यधिक मतले विजयी गराउनका लागि सो निर्वाचान परिचालन विशेष भुमिका खेल्ने संयोजक कमल क्षेत्रीले बताउनुभयो । संयोजक क्षेत्रीले निर्वाचनमा पार्टीलाई अप्ठ्यारे परेको खण्डमा राष्ट्रिय युवा संघ नेपाल तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । त्यस्तै बाणगंगाका विभिन्न वडाहरुमा निर्वाचन परिचालन कमिटि वडा संयोजक समेत तोकिएको छ । त्यस्तै नगरकमिटिको सम्पर्क कार्यालयमा समेत राष्ट्रिय युवा संघको अनिवार्य उपस्थिती हुनुपर्ने बताउनुभयो । अध्यक्ष क्षेत्रीले पार्टीको घरदैलो कार्यक्रममा पनि शसक्त रुपमा लाग्न निर्देशन दिनुभयो ।
यस पालिको निर्वाचनमा गठबन्धन परमादेशको सरकारलाई परास्त गरि सुर्य ध्वजाबाहक सम्पुर्ण उम्मेद्वारहरुलाई अत्यधिक बहुमतका साथ विजयी गराउने उद्देश्यले यो कमिटि गठन गरिएको कमिटिका सह संयोजक तथा राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगरकमिटिका सचिव टंक पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : १८ बैशाख २०७९ आइतबार ००:००  ६ : ४८ बजे