८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025

वडा नं ७ लाई प्रदेशकै सौन्दर्य एवम् नमुना बनाउँछु : वडा अध्यक्षका प्रत्यासी गिरी



मायादेवी अनलाइन, कपिलवस्तु

नेकपा (एमाले) बाणगंगा नगरपालिका वडा नं. ७ का वडा अध्यक्षका प्रत्यासी विष्णु गिरीले वडा नं. ७ लाई प्रदेशकै नमुना सौन्दर्य वडाको रुपमा विकास गर्ने बताउनुभयो । अध्यक्षका प्रत्यासी गिरीले एक घर एक विरुवाको नीति लागु गर्ने, वडामा रहेका सार्वजनिक स्थलहरुमा पुष्प पार्क तथा बाल उद्यान निर्माण गर्ने, म सफा गर्छु मेरो वडा कार्यक्रमको प्रभावकारी संचालन गर्ने, वडामा नमुना गाउँ निर्माण गरी एकै कलरका घर नीति लागु गर्ने, नविकरणीय र बैकल्पिक उर्जाका माध्यमले उज्यालो नगर कार्यक्रम लागु गर्ने, वडाका सडकहरुमा सडक वत्ति जडान गर्ने, बनभोज स्थलको रुपमा रहेको खारखानीको ब्यवस्थित विकास गर्ने विषय आफ्ना मुख्य प्राथमिकता रहेको बताउनु भयो ।

५ वर्षे कार्यकालमा उत्कृष्ट कार्यसम्पादन गरी सफल हुनु भएका अध्यक्षका प्रत्यासी गिरीले सुत्केरी, वृद्ध, सुकुम्वासी, विपन्न र दलितका लागि निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने दावी गर्नुभयो । उहाँले वडाको मोतिपुर डाँडा, धैरेनीडाँडा, कोइली चौर लगायतका बस्तीको घरदैलो अभियानका क्रममा मतदाताको जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

वडा स्तरको घरदैलो अभियानमा एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष तथा प्रदेश सभा सदस्य विष्णु पंथी, एमाले नेता पुष्पराज खनाल, टोेप बहादुर थापा, वडा अध्यक्ष प्रताप कुमार गिरी, कुशल दमासे, मान बहादुर कार्की, कृष्ण खनाल, विष्णु आचार्य वडा सदस्यका उम्मेद्वार, सावित्रा थारु, पार्वती सुनार, मुम बहादुर पाण्डे, हरिशंकर पौडेल जिल्ला तथा स्थानियत तहका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक, उम्मेद्वार संगै संयौको संख्यामा उत्साहजनक सहभागिता रहेको एमाले वडा नं. ७ को निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९ बुधबार ००:००  १ : २० बजे