१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सिद्धार्थ बुद्ध प्रोफेसनल एकेडेमीद्धारा एसईई दिएर बसेका विद्यार्थीहरुका लागी अभिमुखिकरण



अनिश बन्जाडे, जितपुर ।

कपिलवस्तुको चार नम्बरमा अवस्थित सिद्धार्थ बुद्ध प्रोफेसनल एकेडेमिकले एसईई दिएर बसेका विद्यार्थीहरुका लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । एसईई पश्चात उक्त संस्थामा आई बृज कोर्ष गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम गरेकोे हो ।

कार्यक्रममा एसईई दिएर बसेका विद्यार्थीहरुलाई शैक्षिक मार्गदर्शन संगै बृज कोर्षको महत्व,यसबाट विद्यार्थीको शैक्षिक भबिष्यमा पार्ने सकारात्मक प्रभाब,कुन बिषय पढ्दा उचित हुने लगाएतका बारेमा जानकारी गराईएको हो । कार्यक्रममा उपस्थित सम्पुर्ण विद्यार्थीहरुले निकै नै उत्सुकताका साथ शैक्षिक ब्यक्तित्वहरुबाट आएका जानकारी एवम् सल्लाह सुझाबलाई ग्रहण गरेका थिए । कार्यक्रममा बाणगंगा नगरभित्र र नगरबाहिरबाट उपस्थित हुनुभएका शैक्षिक एवम् बौद्धिक ब्यक्तित्वहरुले सिद्धार्थ बुद्ध प्रोफेसनल एकेडेमिकले विद्यार्थीहरुका लागी आयोजना गरेको अभिमुखिकरण कार्यक्रम निकै प्रशंसनिय रहेको बताउँदै एसईई पछिको यो खाली समयलाई बाहिरी घुमफिर र मनोेरन्जनपुर्ण तरिकाले व्यतित नगरी बिभिन्न सिपमुलक र शैक्षिक गतिबिधिहरुलाई अगाडी बढाउन सुझाब दिएका थिए ।

कार्यक्रम सिद्धार्थ बुद्ध पो्रफेसनल एकेडेमिका एम.डी जिबराज भट्टराईको अध्यक्षता, बाणगंगा नगरपालिकाका शिक्षा तथा युवा खेलकुद शाखाका अधिकृत खिम बहादुर जि.सीको प्रमुख आतिथ्यता,लक्ष्मणघाट माबिका पा्रचार्य कबिराज भण्डारी, प्याब्सन बाणगंगाका अध्यक्ष तथा ज्ञानपुञ्ज बोडिङ् स्कुलका पा्रचार्य सुरेन्द्र पाण्डे, अन्नपुर्ण माबिका पा्रचार्य मदन मल्ल लगाएतको बिशिष्ट आतिथ्यता,अक्सफोर्ड कलेज बुटवलका प्रतिनिधी बालकृष्ण पोखे्रल,सिद्धार्थ क्याम्पसका उपपा्रध्यापक उज्जवल अधिकारी लगाएत बिभिन्न शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । मायादेबी रिर्सोट बैरियामा आयोजना गरिएको कार्यक्रमको सन्चालन डिल्लीराज पाण्डेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०७९ शनिबार ००:००  ५ : ४८ बजे