१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मायादेवी गाउँपालिकाको मतगणना विहान ८ बजेबाट



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाको मतगणना विहान ८ बजेबाट सुरु हुने भएको छ । त्यहाँको निर्वाचन अधिकृत रत्नप्रकाश गिरीले जानकारी दिए अनुसार शुक्रबार राति सकिएको सर्वदलिय बैठकले आज विहान ८ बजेबाट मतगणना गर्ने निर्णय भएको छ ।

८ वडा रहेको मायादेवीका कुल मतदाता ३१ हजार १६ रहेका छन् । जस अन्तर्गत शुक्रबार सम्पन्न निर्वाचनमा मायादेवीमा ७२ प्रतिशत मत खसेको छ ।

निर्वाचन अधिकृत गिरीका अनुसार सुरुवातमा वडा नं. १, वडा नं. २ र वडा नं. ३ को मतगणना हुने छ ।

पकडी नजिकै रहेको छत्रपालीतीर्थादेवी माविमा मतगणना हुने छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  ७ : १४ बजे