१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा काँग्रेसका कमल पोख्रेलको प्यानल विजयी



अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको वडा नं। १ पणेनबाट नेपाली काँग्रेसले जितको खाता खोलेको छ ।

वडा नं। १ पणेनामा काँग्रेसका वडा अध्यक्षका उम्मेदवार कमल पोख्रेल विजयी हुनुभएको छ । पोख्रेलले ८१३ मत ल्याई विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका रुद्रप्रसाद पोख्रेलले ६५९ मत ल्याउँनुभएको छ । सदस्यहरुमा काँग्रेसकै महिला सदस्यमा शान्ता पौडेल, दलित महिला सदस्यमा सविना विश्वकर्मा र खुल्ला सदस्यमा विजय पोख्रेल र टुकबहादुर दर्लामी विजयी भएका हुन ।

उनीहरुले क्रमशः ८३१, ८३४, ८१५, ७९३ मत ल्याएर विजयी भएका छन् ।

गाउँपालिका अध्यक्ष पदमा काँग्रेसका अच्युत गौतमले सुरुवाती अग्रता लिएका छन् । गौतमले ७७२ मत ल्याउँदा एमालेका टेकराज न्यौपानेले मत ७२४ ल्याएका छन् । उपाध्यक्षमा काँग्रेसकै लक्ष्मी गौतमले ७६७ मत ल्याई अग्रता कायमै छ । उपाध्यक्षमा एमालेका नर्मदा पौडेलको ७२६ मत ल्याएकी छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  ११ : १७ बजे