१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कपिलवस्तुका अन्तर्राष्ट्रिय कराते खेलाडी अशोक चौधरीको निधन




मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुका अन्तर्राष्ट्रिय कराते खेलाडी अशोक चौधरीको निधन भएको छ । जिल्लाका सितोरियो कराते खेलका अन्तर्राष्ट्रिय खेलाडी तथा स्वयंसेवक प्रशिक्षक चौधरीको दुर्घटनामा परि निधन भएको हो ।

नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण देवकोटाले प्रशिक्षण गराउन जादै गर्दा दुर्घटनामा परि बुधबार चौधरीको निधन भएको फेसबुकमार्फत् जानकारी गराउनु भएको छ ।

देवकोटा जिल्ला सितोरियो कराते संघ रुपन्देहीका अध्यक्षसमेत हुनुहुन्छ । चौधरीको अकल्पनीय निधनले आफूहरुलाई स्तब्ध बनाएको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९ बिहिबार ००:००  ८ : ५१ बजे