१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

देशभर आठ संक्रमित थपिए, १५ निको



काठमाडौं ।
नेपालमा थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ९६९ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा आठजनाको नतिजा पोजिटिभ आएको हो । एक हजार ११९ नमुनाको पीसीआर परीक्षण गर्दा पाँच र ८५० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ । केही दिनयता कोरोनाका कारण मृत्यु हुनेको संख्या थपिएको छैन ।

पछिल्लो २४ घण्टामा देशभर १५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार ५२ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ११४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९ शनिबार ००:००  ४ : ०९ बजे