१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राप्रपाले मेयर जितेको शिवराजको नगर कार्यपालिका चुनावमा एमाले–कांग्रेस बीच गठबन्धन



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको शिवराज नगरपालिकाको नगर कार्यपालिका चुनावमा एमाले-कांग्रेस बीच तालमेल भएको छ ।

आइतबार हुन गइरहेको नगर कार्यपालिका चुनावमा एमाले र कांग्रेसले चुनावी गठबन्धन गरेका हुन् ।

दुई दलको सहमती अनुसार नगर कार्यपालिकामा निर्वाचित हुने चार/चार जना सदस्य बीच बाँडफाँड छ ।

निर्वाचनमा मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यहरु मतदाताका रुपमा रहन्छन् ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा शिवराजको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अजय थापा निर्वाचित भएका थिए । उपमेयरमा भने एमालेकी शिवकुमारी थारु निर्वाचित भएकी थिइन् ।

११ वडा रहेको शिवराजमा तीन/तीन जना एमाले र कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

अन्य ५ वडा मध्ये लोकतान्त्रिक समाजवादी र माअ‍ोवादी केन्द्रबाट दुई/दुई जना वडामा विजयी भएका छन् भने, जनता समाजवादी पार्टी (जसपा)बाट एक वडामा जनप्रतिनिधि निर्वाचित भएका छन् ।

नगरभित्रका एमाले र कांग्रेस बीच चुनावी तालमेल भएसंगै नगर कार्यपालिकामा यी दुवै दलको स्पष्ट बहुमत हुने भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९ आइतबार ००:००  ९ : २६ बजे