१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तु नगरको कार्यपालिका चुनावमा एमाले एक्लियो, कांग्रेस-जसपा बीच तालमेल



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा (एमाले) एक्लिएको छ । आइतबार हुन गइरहेको कार्यपालिका चुनावमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी बीच चुनावी तालमेल भएपछि एमाले एक्लिएको हो ।

८ जना नगरकार्यपालिका सदस्य पदको लागि हुने चुनावमा दुवै दल बीच चार/चार जना उम्मेद्वार रहने गरि सहमति भएको छ ।

१२ वडा रहेको कपिलवस्तु नगरमा ६१ जना निर्वाचित जनप्रतिनिधि छन् । जसमध्ये गठबन्धनको ४३ भोट छ भने, एमालेको १८ भोट छ ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा कपिलवस्तु नगरमा जसपाबाट मेयरमा सुदीप पौडेल र उपमेयरमा जसपाकै सुनिता गुप्ता निर्वाचित भएकी थिइन् ।

कपिलवस्तु नगरपालिकाका १२ वडा मध्ये ५ वडामा कांग्रेस विजयी भएको छ । ४ वडामा एमाले विजयी हुँदा ३ वडामा जसपाले जितेको छ ।

यो नगरको वडा नं. १ को वडाध्यक्ष मा जसपाका मुहम्मद जाहिद खाँ, वडा नं २ मा एमालेका अशोक कुमार गुप्त, वडा नं ३ मा कांग्रेसका रुद्र बहादुर गैरे, वडा नं ४ मा एमालेका रवेन्द्र प्रसाद तिवारी, वडा नं ५ मा कांग्रेसका दिरेप कुमार चौधरी, वडा नं ६ मा एमालेका रामजित प्रसाद कुर्मी, वडा नं ७ मा जसपाका इन्द्रमणी कुर्मी, वडा नं ८ मा कांग्रेस शिवकुमार पाण्डेय, वडा नं ९ मा एमालेका दिपक बहादुर गुरुङ, वडा नं १० मा कांग्रेसका मोहनलाल शर्मा, वडा नं ११ मा जसपाका रामगोपाल यादव र वडा नं १२ कांग्रेसका इन्सान अली धुनियाँ वडाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९ आइतबार ००:००  ९ : ४४ बजे