६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025

१५ औं गणतन्त्र दिवस : सन्धिखर्कमा सरसफाई कार्यक्रम



अर्घाखाँची ।

१५ औं गणतन्त्र दिवसको अवसरमा सन्धिखर्कमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। गणतन्त्र दिवसको अवसर पारेर सन्धिखर्कको टुडीखेलमा सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरे, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, नेपाली सेनाका सेनानी आदित्य सिलवाल, प्रहरी नायव उपरिक्षक अमर थापा, शसस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक रामकृष्ण महर्जन, प्रमुख अनुसन्धान अधिकृत धिरज बानिया, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सन्धिखर्क नगरपालिकामा नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नयाँ झण्डा झन्डोत्तलन पनि गरेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९ आइतबार ००:००  ३ : ३१ बजे