१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

काठमाडौंका मेयर बालेनले सुनितालाई खुवाए शपथ



काठमाडौं ।

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपमेयर सुनिता डंगोलले पद तथा गोपनीयताको शपथग्रहण गरेकी छिन् ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित समारोहका बीच नवनिर्वाचित उपमेयर डंगोलले मेयर बालेन्द्र साहबाट पद तथा गोपनीयताको शपथग्रहण गरेकी हुन् ।

मेयर साहलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथग्रहण गराएका थिए । त्यसपश्चात मेयर साहले उपमेयर डंगोललाई शपथग्रहण गराएका हुन् ।

आजै सोही समारोहमा प्रमाणपत्र तथा वितरण गरिएको थियो । ३२ वटै वडाका नवनिर्वाचित वडाअध्यक्ष तथा सदस्यहरुलाई मेयर साहले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९ सोमबार ००:००  १ : ०४ बजे