३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

चर्चित बलिउड गायक केकेको निधन



एजेन्सी ।

बलिउडका चर्चित गायक कृष्ण कुमार कुन्नथ ‘के के’ को मंगलबार अबेर राति कलकत्तामा निधन भएको छ।
५३ वर्षका केके कलकत्तास्थित एक कलेजको कार्यक्रममा सहभागी हुन गएका थिए। सोही समयमै उनको स्वास्थ्यमा समस्या आएको बताइएको छ। कार्यक्रमबाट होटल फर्किनेबित्तिकै उनलाई एक निजी अस्पताल लगिएको थियो। त्यहाँ नै उनलाई चिकित्सकले मृत घोषणा गरिदिए।
अस्पताल पुगेका राज्यमन्त्री अरूप विश्वासले उनको निधनको पुष्टि गरेका हुन्।

चिकित्सकहरूले उनको निधन हृदयघातको कारणले भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन्। यद्यपि पोस्टमार्टम गर्न भने बाँकी नै रहेको छ। तमिल, तेलुगु, कन्नड, मलयालम, मराठी, बांग्ला र गुजाराती चलचित्रमा गीत गाएका केके कोलकत्ताको गुरुदास कलेजमा आयोजित एक समारोहमा सहभागी हुन गएका थिए।

कार्यक्रम चल्लाचल्दै स्वास्थ्यमा समस्या भएपछि उनी होटल फर्किएका थिए।

होटलमा उनलाई प्रशंसकहरूले तस्बिर खिचाउन आग्रह गरेका थिए तर अस्वस्थताका कारण उनले तस्बिर खिचाउन भने मानेका थिएनन्। अवस्था झन् बिग्रिँदै गएपछि केकेलाई एक निजी अस्पतालमा लगिएको थियो। जहाँ उनलाई मृत घोषणा गरियो।

केकेले बलिउडका धेरै गीत गाएका छन्। उनले गाएका हम दिल दे चुके सनम, तडप तडप के इस दिल से, चर्चित चलचित्र ओम शान्ति ओमको ‘आँखो मे तेरी’ लगायत थुप्रै गीत लोकप्रिय छन्।

केकेले ‘चलचित्र हम दिल दे चुके सनम’ चलचित्रबाट बलिउडमा डेब्यू गरेका थिए। केके भारतका दिग्गज किशोर कुमारका पुत्र अमित कुमारका निकट थिए। उनको निधनमा भारतका प्रधानमन्त्री लगायत संगीत क्षेत्रका दिग्गज कलाकारहरश्लेर शोक व्यक्त गरेका छन्।

प्रकाशित मिति : १८ जेष्ठ २०७९ बुधबार ००:००  ८ : ३४ बजे