३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

अ‍मेरिकाको विद्यालयमा गोली चल्दा १ जनाको मृत्यु, २ जना घाइते



एजेन्सी ।

अमेरिकाको विद्यालयमा फेरि बन्दुक हमला भएको छ। मंगलबार न्यु अर्लिन्सको हाइस्कुलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

मोरिस जेफ हाइस्कुलका स्नातकहरू भेला भएको दिक्षान्त केन्द्रबाहिर गोलाबारी भएको न्यु अर्लियन्स प्रहरीले जनाएको छ।
गोली लागेर घाइते भएका तीनैजना व्यक्ति स्नातक समारोहमा भाग लिन त्यहाँ आएका प्रहरी प्रवक्ता ग्यारी सिटले बताए।
गत मंगलबार टेक्सासको रोब इलिमेन्ट्री स्कुलमा एक बन्दुकधारीले गोली चलाउदा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : १८ जेष्ठ २०७९ बुधबार ००:००  ८ : ४० बजे