३० बैशाख २०८१, आइतबार | Mon May 13 2024

सवारी दुर्घटनामा तीनजनाको मृत्यु



काठमाडौं ।

सवारी साधन दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । चितवन, धनकुटा र सप्तरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको हो ।
चितवनको ईच्छाकामाना गाउँपालिका ४ पृथ्वी राजमार्गको धारापानीमा आज बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३५ वर्षीय पुरूष रहेका छन् ।
मृतकको पहिचान खुल्न सकेको प्रहरीले जनाएको छ । नम्बर नखुलेको सवारी साधनले आज बिहान करिब ४ बजे उनलाई ठक्कर दिएको थियो ।
धनकुटाको धनकुटा नगरपालिका ६ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो ।
मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल गएराति २ बजे अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सप्तरीको कंचनरुप नगरपालिका १२ मा गएराति बसको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय युवक छन् । मृतकको सनाखत हुन बाँकी । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २ ०३ ००१ ख ८२५ नम्बरको बसले गएराति ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९ बुधबार ००:००  ९ : ०१ बजे