३० बैशाख २०८१, आइतबार | Mon May 13 2024

कपिलवस्तुको चुनावी मत विश्लेषणः कांग्रेस १७ सय बढी मतले एमाले भन्दा अगाडी



दीपा महत, बाणगंगा ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत विश्लेषण गर्दा कपिलवस्तुमा नेपाली कांग्रेस अगाडी देखिएको छ ।
१० पालिकाका प्रमुख पदमा खसेको मतको आधारमा एमाले भन्दा कांग्रेस १ हजार ७८५ मतले अगाडी देखिन्छ ।

०७४ सालको निर्वाचनमा आधा भन्दा बढी पालिका जितेर शानदार विजयी हसिल गरेको कांग्रेस यो निर्वाचनमा कमजोर देखिएको छ ।

विगतमा जित निकालेका बाणगंगा नगरपालिकाको प्रमुख, कपिलवस्तु नगरपालिकाको प्रमुख/उपप्रमुख, यशोधरा गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष गुमाएको कांग्रेसले थप मायादेवी गाउँपालिकामा यो निर्वाचनमा जित निकाल्न सफल बन्यो ।

विगतमा जितेका बुद्धभूमि नगरपालिका र महाराजगञ्ज नगरपालिकामा कांग्रेसले सोचे अनुसारकै प्रतिफल निकाल्यो ।

यद्यपि कृष्णनगर नगरपालिकामा ०७४ मा कांग्रेस पराजित भएको थियो । तर, रजत प्रताप शाहको कांग्रेस आगमनसंगै कृष्णनगरमा पनि कांग्रेसले आफ्नो झण्डा फहराउन सफल बन्यो ।

कांग्रेसले जिल्लाभर प्रमुख पदमा पाएको मत हेर्दा ७४ हजार ९ सय हुन आउँछ । ३ लाख ७३ हजार १ सय मतदाता रहेको कपिलवस्तुमा स्थानीय तहको चुनावमा झण्डै ७५ प्रतिशत मत खसेको थियो ।

कांग्रेसले पाएको मतमा बाणगंगा नगरपालिकाको प्रमुख पदमा १८ हजार ३६० रहेको छ । बुद्धभूमि नगरपालिकाको प्रमुखमा १४ हजार ३८४, शिवराज नगरपालिकाको प्रमुखमा ५ हजार ४७७, कृष्णनगर नगरपालिकाको प्रमुखमा ५ हजार ६०६, महाराजगञ्ज नगरपालिकाको प्रमुखमा १० हजार २००, कपिलवस्तु नगरपालिकाको प्रमुखमा ७ हजार ५१ मत कांग्रेसले पाएको छ ।

यस्तै मायादेवी गाउँपालिकाको अध्यक्षमा ५ हजार २७८, यशोधरा गाउँपालिकाको अध्यक्षमा ३ हजार २००, शुद्धोधन गाउँपालिकाको अध्यक्षमा १ हजार ८२८ र विजयनगर गाउँपालिकाको अध्यक्षमा ३ हजार ५२६ मत कांग्रेसले पाएको छ ।

यी पालिका प्रमुख र अध्यक्षको मत जोड्दा कांग्रेसले कुल ७४ हजार ९०० मत पाएको हो ।

०७४ सालको चुनावमा भन्दा अहिलेको चुनावमा नेकपा (एमाले)ले लोकप्रिय मत पाएको छ । ०७४ मा शिवराज नगरपालिकाको नगर प्रमुख/उपप्रमुख, विजयनगर गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष र बाणगंगा नगरपालिकाको नगर उपप्रमुख मात्र एमालेले जितेको थियो ।

यी मध्ये एमालेले यो चुनावमा शिवराज नगरपालिकाको नगर प्रमुख गुमाएको छ भने, बाणगंगा नगरपालिकाको नगर प्रमुख जितेको छ । यसका अलवा यशोधरा गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष जितेर एमालेले आफ्नो दायरा फराकिलो पारेको छ ।

०७४ मा उत्तरी क्षेत्रका पालिकामा राम्रै मत पाए पनि एमाले दक्षिणी भेगका पालिकामा कमजोर थियो । यहाँ एमालेका उम्मेद्वारले ल्याएको मत अन्त्यतै न्यून थियो । यद्यपि यो निर्वाचनमा एमाले दक्षिणका पालिकामा विजयी हुन नपाए भने शानदार मत भने पाएको छ ।

०७४ मा कपिलवस्तु नगरपालिकाको प्रमुखमा जमानत जोगाउन नसकेको एमालेले यो निर्वाचनमा आफुलाई दोस्रो स्थानमा राख्यो । यहाँ एमालेले प्रमुख पदमा ८ हजार ७८२ पाएको छ । वडागत तहमा पनि एमालेले राम्रै सफलता पाएको छ ।

महाराजगञ्ज नगरपालिकामा उम्मेद्वारसम्म उठाउन नसक्ने एमाले यो निर्वाचनमा एउटा मात्र वडा जितेन पालिकाको प्रमुख/उपप्रमुखमा दोस्रो स्थानमा आयो । यहाँ एमालेका प्रमुखले ८ हजार ६६८ मत पाएका छन् ।

कृष्णनगर नगरपालिकाको प्रमुखमा १ हजार पनि मत नपाएको एमालेले यो निर्वाचनमा ३ हजार २११ मत पाएको छ ।

बुद्धभूमि नगरपालिकाको प्रमुखमा १३ हजार ५९६ मत एमालेले पाएको छ । विजयनगर गाउँपालिकाको अध्यक्षमा ५ हजार ८३८, यशोधरा गाउँपालिकाको अध्यक्षमा ४ हजार ४६२ मत एमालेले पाएको छ ।

एमाले अरु भन्दा कमजोर देखिएको मायादेवी र शुद्धोधन गाउँपालिकामा हो । एमालेले मायादेवी गाउँपालिकामा १ हजार ४६० मत पाएको छ भने, शुद्धोधन गाउँपालिकाको अध्यक्षमा १ हजार ७१ मत मात्रै पाएको छ ।

एमालेले समग्र जिल्लाका १० पालिकामा ७१ हजार ११५ मत पाएको छ । जुन मत कांग्रेसले पाएको भन्दा १ हजार ७८५ मतले पछाडी हो ।

यो निर्वाचनमा कांग्रेस र एमाले दुवै दलले जिल्लामा कुनै दलसंग चुनावी गठबन्धन गरेका थिएनन् ।

यी पनि पढ्नुहोस्

कपिलवस्तुमा कांग्रेस र एमाले हारहारीका शक्ति, ९६ वडामा कस्को बर्चश्व ? (सूचिसहित)

कपिलवस्तुका यी पालिका प्रमुख, जो दोस्रो कार्यकालका लागि दोहोरिए

शिवराजमा गज्जवको राजनीतिः प्रशासनिक भवन बनाउन बर्षौ किचलो गरेका एमाले-कांग्रेस जब मिले…

कमलेशले जोगाए लोकतान्त्रिक समाजवादी पार्टी कपिलवस्तुको साख

लोकप्रियता हासिल गर्दा गर्दै चुनाव हारेका निसार

‘४५ बर्ष मुनिकाले हाक्दै कपिलवस्तुका यी चार पालिका’

कपिलवस्तुमा दोस्रो पटक जनताले विश्वास नगरेका यी पालिका प्रमुख

प्रकाशित मिति : १८ जेष्ठ २०७९ बुधबार ००:००  ९ : ११ बजे