१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मेस्सी चम्किँदा अर्जेन्टिनालाई उपाधि



एजेन्सी ।

लियोनेल मेस्सी र एङ्खेल डि मारियाको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले इटालीलाई हराउँदै फाइनालिसिमाु उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । युरोप र दक्षिण अमेरिकाको च्याम्पियन टोलीबीच यो खेल खेलाइन्छ ।

वेम्बले स्टेडियममा भएको खेलको २८ औँ मिनेटमा मेस्सीको पासमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मेस्सीले डि मारियाका लागि अर्को गोलको अवसर सिर्जना गरे । दोस्रो हाफको अन्त्यमा पाउलो डिबालाले अर्को गोल थप्दै टोलीलाई सहज जीत दिलाए ।

दुई महादेशका च्याम्पियन टोलीबीच २९ वर्षपछि प्रतियोगिताको आयोजना गरिएको थियो । पछिल्लो पटक सन् १९९३ मा आयोजना गरिएको यो प्रतियोगितामा अर्जेन्टिनाले डेनमार्कलाई हराएको थियो । अर्जेन्टिना पछिल्ला ३२ खेलमा अपराजित रहेको छ । सन् २०१९ को जुन यता अर्जेन्टिनाले कुनै पनि खेल हारेको छैन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९ बिहिबार ००:००  ८ : १८ बजे