५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

विभिन्न ५ बुँदे  माग राख्दै संयुक्त विद्यार्थी संगठनद्धारा ज्ञापनपत्र पेश



मायादेवी अनलाइन, जितपुर ।
विभिन्न बुँदे ५ माग राख्दै संयुक्त विद्यार्थी संगठन कपिलवस्तुले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र पेश गरेको छ ।

अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू र अखिल (क्रान्तिकारी) ले विभिन्न माग राख्दै शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

५ बुँदे ज्ञापनपत्रमा नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा पहिले नै विद्यालयमा पुग्नुपर्ने पाठ्यपुस्तक आजको मितिसम्म विद्यार्थीको हातमा पुग्न नसकेको भन्दै यथाशिघ्र पाठ्यपुस्तक पुर्याउन माग गरेको छ ।

मन्त्रालयले समयमा पाठ्यपुस्तक पु¥याउन नसक्नुलाई स्थानीय निर्वाचनको कारण देखाउनु मन्त्रालयको लापरवाही भएकाले तत्काल विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन शिक्षा मन्त्रालय र सरकार समक्ष माग गरेको छ ।

यस्तै दैनिक उपभोग्यवस्तु, पेट्रोलियम पदार्थ जस्ता मानिसका दैनिक जीवनसंग सम्बन्धित क्षेत्रमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न, सम्बन्धित पक्ष समक्ष माग गरिएको अनेरास्ववियू (क्रान्तिकारी) का जिल्ला अध्यक्ष हरिशचन्द्र खनालले बताउनुभयो ।

यसका साथै सरकारी÷सामुदायिक विद्यालयहरुमा नेपाली र अङ्ग्रेजी माध्यमको आधारमा पाठ्यक्रम र पठनपाठनमा गरिएको विभेदको तत्काल अन्त्य गरि, विभिन्न वहानामा लिने गरिएको शूल्क तत्काल बन्द गर्न सम्बन्धित निकाय समक्ष माग गरिएको छ ।

सार्वजनिक यातायातमा विद्यार्थी परिचयपत्रको आधारमा दिनुपर्ने ४५ प्रतिशत सहुलियत कडाईका साथ कार्यान्वयन गर्न सम्बन्धित पक्षसंग माग गरिएको अनेरास्ववियू का जिल्ला अध्यक्ष दिपक अनुरागीले माग गर्नुभयो ।

पब्लिकेशनबाट कमिसनको लोभमा प्रत्येक वर्ष, निजि शैक्षिक संस्थाहरुमा पाठ्यपुस्तक परिवर्तन गर्दा विद्यार्थी, अभिभावकमा परेको नकारात्मक प्रभाव परेको भन्दै तत्काल सम्बन्धित पक्ष समक्ष यस्तो कार्य रोक्न माग ज्ञापनपत्र मार्फत माग गरिएको अखिल (क्रान्तिकारी) का संयोजक सपना खनालले बताउनुभयो ।

उल्लेखित मागहरु तत्काल सम्बोधन नभए कडा कदम चाल्नेपनि संयुक्त विद्यार्थी संघले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९ शुक्रबार ००:००  ५ : १९ बजे