५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

टंक प्रसाद रेग्मीलाई दुबईमा कार्यरत भट्टराई र भुसालद्धारा आर्थिक सहयोग



मायादेवी अनलाइन, जितपुर ।

ब्रेन ट्यूमर पिडित वाणगंगाका टंक प्रसाद रेग्मीलाई विभिन्न ब्यक्ती तथा संघ संस्थाबाट आर्थिक सहयोग जुटेको छ ।

रेग्मीको आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको खबर मायादेवी अनलाइन र रेडियो मायादेवीबाट प्रकासित भएपछि आर्थिक रकम जुट्न सुरु भएको हो ।

यस्तै दुबईमा कार्यरत केशव भट्टराई र कमल भुसालले ब्रेन ट्यूमरको उपचारमा आर्थिक अभाव झेलेका रेग्मी उपचारको लागि सहयोग रकम पठाएका छन् ।

वाणगंगा २ निवासी टंक प्रसाद रेग्मीको अन्नपूर्ण न्युरो काठमाडौमा उपचार्थ हुनुहुन्छ । दुबई बाट पठाएको रकम केशब भट्टराई र कमल भुसाल को आमाले घरमै पुगेर सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो ।

सहयोग रकम वानपा १ यमकला भुसाल र सैनामैना १० पानबारीकी राधिका भट्टराईले ३२ हजार ५ सय रकम टंककी आमा र बुवालाई हस्तान्तरण गर्नु भएको हो ।

मायादेवी अनलाइनमा टंक रेग्मीको उपचारमा आर्थीक अभावको समाचार प्रकाशित भएपछि दुबई बाट आफू सक्दो सहयोग जुटाएको केशब भट्टराईले जानकारी दिनुभयो ।

रेग्मीको दोश्रो पटक गत साता अन्नपूर्ण न्यूरो अस्पतलमा ब्रेन ट्युमर को अपरेशन भएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९ शुक्रबार ००:००  ५ : ३१ बजे