१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल ओमानसँग २–० गोलले पराजित



काठमाण्डौ ।

मैत्रीपूर्ण अभ्यास खेलमा नेपाली राष्ट्रिय फुटबल टोली ओमानसँग पराजित भएको छ ।

कतारको सुहिम बिन हामद मैदानमा गएराति भएको खेलमा नेपाल ओमानसँग २–० गोलले पराजित भएको हो ।

ओमानका ओमार अल मलिकी र इशाम अल सुभीले एकरएक गोल गरे । एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको नेपालले तेस्रो अभ्यास खेलमा ओमानसँग खेलेको हो । यसअघि नेपालले टिमोर लिस्टेको २३ वर्षमुनिको टोलीसँग २र२ गोलको बराबरी खेलेको थियो ।

यस्तै श्रीलङ्कासँग १र१ को बराबरी खेलेको थियो । नेपाली टोली कतारबाट कुवेत जानेछ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालले आउँदो बुधवार जोर्डनसँग, २८ गते शनिवार कुवेतसँग र ३१ गते मङ्गलवार इन्डोनेसियासँग खेल्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली एसियन कप–२०२३ मा छनोट हुने छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९ शनिबार ००:००  ७ : २१ बजे