८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भारतमा फेरि कोभिड बिरामी बढे



काठमाडौं ।
भारतमा फेरि कोभिड सङ्क्रमित बढेका छन् । तीन महिनामा पहिलो पटक ठुलो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।

शुक्रवार एकै दिन ४ हजार ४१ जना नयाँ सङ्क्रमित भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो ११ मार्च पछिकै सबैभन्दा धेरै सङ्ख्या हो ।

महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २४ हजार ६५१ जनाको मृत्यु भइसकेको छ । तर, कोभिडबाट मृत्यु हुनेको सङ्ख्या सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

यसअघि कोभिडको हटस्पट बनेको महाराष्ट्रमा धेरै सङ्क्रमित देखिएका छन् । बढ्दो सङ्क्रमण नियन्त्रण गर्न केन्द्रीय स्वास्थ्य मन्त्रालयले महाराष्ट्र, केरला, तेलंगना, कर्नाटक र तमिल नाडु राज्य सरकारलाई पत्राचार गरेको छ ।

भारतमा हालसम्म ८५ करोड १७ लाखभन्दा बढीको कोभिड परीक्षण गरिएको छ । कोभिड सङ्क्रमितको सङ्ख्या बढेपछि सरकारले सन् २०२१ को जनवरीदेखि खोप अभियान सुरु गरेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९ शनिबार ००:००  ९ : ३४ बजे