५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

जर्मनीमा विद्यार्थी बोकेको रेल दुर्घटना, चार जनाको मृत्यु, ३० घाइते



काठमाडौं ।

जर्मनीको दक्षिणपूर्वी राज्य बाभेरियामा रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।

धेरै विद्यार्थी बोकेको ट्रेन म्युनिखतर्फ गइरहेको बेला गार्मिस–पार्टेनकिर्चेन नजिकै तीनवटा डिब्बा पटरीबाट खसेका थिए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चान्सलर ओलाफ स्कोल्जले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति जनाएका छन् । घाइतेमध्ये अधिकांश गम्भीर रहेको बताइन्छ । दुर्घटना स्थानीय समयअनुसार शुक्रबार भएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९ शनिबार ००:००  २ : ०९ बजे