मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको विजयनगरमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको विजयनगर गाउँपालिका १ का ४५ बर्षीय जोक बहादुर खन्गाहाको माछा मार्ने क्रममा चिरही खोलामा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी नायव उपरिक्षक विजयराज तिमल्सीनाले जानकारी दिए ।
शनिबार साँझ माछा मार्न खोलामा गएका खन्गााहालाई खोलामा डुबेको अवस्थामा स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए। खन्गाहाको शवलाई पोस्टमार्टमका लागि बहादुरगंज लगिएको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाउने इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।







प्रतिक्रिया