२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

बृक्षारोपण गरी हिलवर्टले मनायो वातावरण दिवस



कपिलवस्तु ।

५१ औँ विश्व वातावरण दिवसको अवसरमा हिलबर्ट इंलिस बोर्डिङ स्कुल पिपराले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । श्री मनकामना संस्कृत बिद्यापिठ गुरुकुलम बाणगंगा २ नन्दनगरमा बृक्षरोपण गरी हिलबर्टले वातावरण दिवस मनाएको हो ।

सोही अवसरमा विद्यालयले बिभिन्न जातका बोटविरुवाहरु रोपेको छ । जसअन्तर्गत आँप, लिची, अमला, टिक, जामुन, बर्रो, तेजपात, निम, कल्की फुल लगाएतका बोटबिरुवा रोपिएको थियो ।

कार्यक्रममा बोल्दै बाणगंगा २ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी बिष्णु पौडेलले यस्ता कार्यक्रमले बातावरणको संरक्षणमा टेवा पुग्ने बताउँदै वडाले पनि यस्ता प्रकृतिका कार्यक्रममा सक्दो सहयोग गर्ने बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै हिलबर्ट बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक बुद्धि पौडेलले हिलबर्टले यस्ता अतिरिक्त कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै लैजाने बताउनुभयो ।

प्रबन्ध निर्देशक बुद्धि पौडेलको अध्यक्षता, सहप्राचार्य कुसल पाण्डेको स्वागत र एकेडमी डाइरेक्टर तेजप्रसाद आचार्यको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९ सोमबार ००:००  ५ : १९ बजे