१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने



काठमाडौं ।
सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आगामी असार ९ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।

यो उमेर समूहका करिब ३९ लाख बालबालिकालाई विद्यालयबाटै खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

डा. अधिकारीका अनुसार पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइनेछ । त्यस्तै, अन्य ५० जिल्लाका बालबालिकालाई भदौ ५ देखि ११ गतेसम्म पहिलो तथा भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिइनेछ ।

कुन जिल्लामा कहिले खोप ?

काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, कास्की, बागलुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा जिल्लामा असार ९ गतेदेखि नै खोप कार्यक्रम सुरु गरिने छ भने बाँकी ५० जिल्लामा भदौ ५ गतेदेखि सुरु हुने छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९ बुधबार ००:००  ७ : ३८ बजे