१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

नेसन्स लिगमा पोल्याण्डको पोष्टमा बेल्जियमको ६ गोल



काठमाडौं ।
युइएफए नेसन्स लिगमा बेल्जियमले पहिलो जित निकालेको छ । लिग ए अन्तर्गत समूह ‘ए’ को पहिलो खेलमै नेदरल्याण्ड्ससँग पराजित भएको बेल्जियमले दोस्रो खेलमा बुधबार राति पोल्याण्डलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

अघिल्लो खेलमा बेल्जियम नेदरल्याण्डसँग ४-१ ले पराजित भएको थियो । तर पोल्याण्ड विरुद्ध भने एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै बेल्जियमले गोलको वर्षा नै गर्‍यो ।

खेलको २८औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाए पनि त्यो लामो समय टिकेन । ४२औं मिनेटमा एक्सल विट्सलले बेल्जियमको लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफमा बेल्जियमले पाँच गोल गर्‍यो । जसमा दोस्रो हाफमा मैदान प्रवेश गरेका लियोन्ड्रो ट्रोसार्डले ७३औं र ८०औं मिनेटमा गोल गरे । केभिन डे ब्रुएनाले ५९ औं, लिएन्डर डेनडोनकरले ८३ औं र लोइस ओपेन्डाले इन्जुरी टाइममा गोल गरे ।

पहिलो जितपछि २ खेलबाट ६ अंक जोडेर बेल्जियम दोस्रो स्थानमा उक्लेको छ । दुवै खेल जितेको नेदरल्याण्ड्स ६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९ बिहिबार ००:००  ८ : १६ बजे