१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

के तपाई खाली पेटमा आँप खानु हुन्छ ? बढ्न सक्छ सुगर र एसिडिटी



एजेन्सी ।
के तपाई रसिलो आँप देखेपछि आफूलाई रोक्न सक्नुहुन्न रु यदि तपाई आँपको पारखी हुनुहुन्छ भने कहिले र कति खाने भन्ने कुरा ध्यान पुर्‍याउनुपर्छ । मेडिका अस्पताल राँचीका प्रमुख आहारविज्ञ डा विजयश्री प्रसाद खाली पेटमा आँप खान नहुने बताउँछन् । किनभने यसले रगतमा चिनीको मात्रा छिटो छिटो बढाउँछ ।

एक ठूलो र काँचो आँपमा २२ देखि २४ ग्राम चिनी हुन्छ । यो पाकेपछि चिनीको मात्र अझै बढ्छ । खाली पेटमा आँप खाँदा मधुमेहको खतरा हुन्छ । विशेष गरी शारीरिक रूपमा सक्रिय नभएका मानिसले खाली पेटमा आँप खाँदा एसिडिटी बढ्छ ।

एक दिनमा कति आँप खानु उचित
मौसमी फलफूल खानु स्वास्थ्यको लागि फाईदा हुन्छ । किनकि यसमा भिटामिन, फाइबर, क्याल्सियम आदि प्रशस्त मात्रामा पाइन्छ । आँप पनि मौसमी फल हो । हरेक दिन औसत १५० ग्राम आँप खान सकिन्छ । यदि कोही शारीरिक रूपमा बढी सक्रिय छन् भने कसैले योभन्दा धेरै आँप खान सक्छन् । तर धेरै आँप खाँदा पखाला लाग्न सक्छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९ मंगलबार ००:००  ४ : ०१ बजे