६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

दाङमा करेन्ट लागेर एक जनाको ज्यान गयो



दाङ ।

दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

देउखुरीको राप्ती गाउँपालिका वडा नं ५ पहरूवाका मोहन चौधरीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आज बिहान घर नजिकै मोटर लगाएर खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर चौधरीको ज्यान गएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि लमही अस्पताल लगिए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रकाशित मिति : ३ असार २०७९ शुक्रबार ००:००  १२ : ५९ बजे